एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते, बिहीबार १०:४९

काठमाडौं । विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको सेमिफाइनल प्रतिष्पर्धामा भाग लिन नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु मुम्बई प्रस्थान गरेका छन् । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने विश्वकै प्रतिष्ठित हल्ट प्राइजको नयाँ संस्करणमा कलेजका तीन जना विद्यार्थीहरु छनौट भएका थिए ।

एक लाख अमेरिकी डलर पुरस्कार राशी भएको हल्ट प्राइजको अन्तराष्ट्रिय प्रतिष्पर्धामा भाग लिन कलेजका लजिता भट्ट, लिजा तामाङ र साइम मानन्धर जुन ७ र ८ मा भारतको मुम्बईमा हुने प्रतिष्पर्धामा भाग लिने मौका पाएका हुन् । उनीहरुलाई बुधबार कलेजले खादा तथा अविर लगाएर विदाईसमेत गरेको छ ।

प्रतिष्पर्धामा भाग लिन जाने विद्यार्थीहरुलाई विदाई गर्दै कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नेपालको तथा कलेजको नाम उच्च राख्ने गरी प्रतिष्पर्धामा भाग लिन आग्रह गरे । ‘तपाईहरु कलेजको प्रतिनिधी भएर मात्र हैन देशकै प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ, आत्मविस्वासका साथ भाग लिनुहोला ।’ कार्यवाहक प्रिन्सिपल भण्डारीले भन्नुभयो ।

प्रतिष्पर्धामा भाग लिइरहेका विद्यार्थीहरुले कलेज तथा देशको नाम उच्च राख्ने गरी आत्मविश्वासका साथ प्रतिष्पर्धा गर्ने बताए । ‘हाम्रो कन्सेप्ट पृथक र जीवनोपयोगी छ । विश्वब्यापी प्रतिष्पर्धामा हामीले शतप्रतिशत राम्रो गर्देछौं ।’ विद्यार्थी लजिता भट्टले भन्नुभयो । उहाँका अनुसार यो पटकको ग्लोवल प्रतिष्पर्धामा उहाँहरुले तयार पार्नु भएको अवधारणाले सबैको ध्यान खिच्नेछ । अवधारणा भने प्रतिष्पर्धामा भाग लिएपश्चात मात्र सार्वजनिक गर्ने उनीहरुको सोच छ ।

यो वर्ष हल्ट प्राइजले सामाजिक उद्यम र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु मध्ये कम्तिमा एउटा विषयलाई संवोधन गर्दै प्रतिष्पर्धा आयोजना गरिरहेको छ । प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेजसँगै कसमस इन्जिनियरिङ कलेज, पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालय लगायतले समेत सहभागिता जनाएका छन् ।

प्रतिष्पर्धामा ३ देखि ५ जना विद्यार्थीको समुह बनाएर भाग लिने प्रावधान छ । नेपाल इन्निनियरिङ कलेजले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय एक्सपोज प्रदान गर्न हल्ट प्राइज लगायत विभिन्न अन्तराष्ट्रिय प्रतिष्पर्धा र कार्यक्रमहरुमा कलेजकै खर्चमा पठाउने गरेको कलेजले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु