ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

हेराल्ड बास्केटबलमा ९७ टिमले प्रतिस्पर्धा गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते, शुक्रबार १७:१९

हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ९७ टिमको सहभागिता रहने हेराल्डका अध्यक्ष कपिल ज्ञवालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा ६४ तथा गल्र्समा ३३ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
दुवै समूहको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सहभागी सबै खेलाडीले छात्रवृत्ति पनि पाउने छन् । विजेताले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र बाँकीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुनेछ ।
पत्रकार सम्मेलनमा हेराल्डका निर्देशक अशोकराज पाण्डे, प्रिन्सिपल विनोद ज्ञवाली, एकेडेमिक को–ओर्डिनेटर दिपेन्द्र पुडासैनी तथा सिफ्ट इन्चार्जद्वय मदनप्रसाद फुयाल र राजेश अर्यालको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु