नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई प्रतिष्ठित ‘पोएट अफ नेचर अवार्ड’ प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते, आईतवार १६:५०

काठमाडौं, जेठ २७ । विश्वभरबाट ३१ विश्व कविहरूले प्रतिष्ठित ‘पोएट अफ नेचर अवार्ड’ प्राप्त गरेका छन् । विश्व वातावरण दिवस २०२४ को अवसरमा वातावरणसँग संबन्धित रहेर उत्कृष्ट सिर्जना पस्किएसँगै उनीहरु यस अवार्डबाट विभुषित भएका हुन् । उनीहरुलाई सय भन्दा बढि देशका कविहरु आवद्ध विश्वव्यापी संजाल रहेको ग्लोबल राइटर्स एकेडेमी, भारत र प्रतिष्ठित द डेली ग्लोबल नेसन बंगलादेशले संयुक्त रुपमा यो अवार्ड प्रदान गरेका हुन् ।

यो अवार्डबाट सम्मानित हुने विश्व कविहरुमा नेपालका सरोज ओझासहित औरा बार्बोसा, प्रविण सिंह रघुवंशी, पृथा लाहिरी, सरोजा कृष्णमूर्ति, सीमा शर्मा, डाक्टर तस्नीम उस्ताद, एन्ड्रिया एन्सिसो रुइज, गोर्डाना एन्डोनोव्स्का, एलिसिया एम गार्सिया, जेजाबेक मार्मार्क, देबश्रिता बसु, अमरुया सिंह, अमरूया सिंह, एलिसिया एम गार्सिया, एलिसिया, एलिसिया, अमरुया सिंह, एलिसिया एम गार्सिया। काब्बारोभा, कुमार मलाय, फ्रिडा नोर्मा, डेला क्रुज, कासिया डोमिनिक, युली गोमेज विल्चेज, कवयित्री दीप्ती शाक्य, डा प्रफुल्ल कुमार पाण्डा, बिरेन्दु केआर सिन्हा, एल्पियोला लुका, अलेखा प्रसाद मोहराना, रशिदुल हसन कुमार बच्छु, अलेखा प्रसाद मोहराना, रशीदुल हसन कुमारी, अलेखा प्रसाद मोहराना, देबब्रत माजी, सुमन मलिक, मनोरमा साहू सुबुद्धी, बाबावो याकुबु रहेका छन् ।

पुरस्कार घोषणा गर्दै ग्लोबल राइटर्स एकेडेमीका अध्यक्ष तथा डेली ग्लोबल नेसनका प्रबन्ध सम्पादक विश्वानन्द सिन्हाले भने, ‘हाम्रो गृह ग्रह पृथ्वीको हरित वातावरणको महान् आन्दोलनमा सक्रिय सहभागिता जनाउनेहरूलाई अवार्ड प्रदान गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं’।ग्लोबल राइटर्स एकेडेमी र द डेली ग्लोबल नेसनले नियमित रुपमा विश्वभरका कविहरुको सिर्जनालाई पस्कदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु