नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

सुनापाती पोलिक्लिनिक द्वारा निःशुल्क स्वास्थ्य सिविर,पाँचसय बढीले लिए सेवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते, आईतवार २०:३५

ललितपुर । ललितपुरको इमाडोलमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सुनापाती पोलिक्लिनिक एवम् हेल्थ सेन्टर र महालक्ष्मी नगरपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा शनिबार स्थानीय जेनियम नेसनल एकेडेमी इमाडोलमा गरिएको स्वास्थ्य शिविरमा पाँचसय बढीले सेवा लिएका छन ।
हेल्थ सेन्टरका सञ्चालक जीवन कुमार केसीका अनुसार विशेषज्ञ डाक्टरहरुसहितको सहभागितामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सुगर परीक्षण सेवा, पिसाब जाँच, होलबडी चेकअप मात्रै ३ हजार र थाइराइड परीक्षण मात्र ६०० रुपैयाँमा गरियो भने कतिपय निशुल्क पनि गरियो । यस्तै सम्पूर्ण ल्याब टेस्टमा २५ प्रतिशत, डिजिटल एक्स–रे र ईसीजीमा पनि २५ प्रतिशत नै छुट उपलब्ध गराइएको केसीले बताए ।

स्वास्थ्य शिविरमा डा अञ्जुली लिम्बु, किरण आचार्य, दीपक मिश्र, निलिमा बज्राचार्य, राजीव राजन यादव, अरुण कार्की, आनन्द कुमार मिश्रजस्ता विशेषज्ञ डाक्टरहरुको सहभागिता रहेको थियो भने बालरोग विशेषज्ञ सेवा, सुगर, थाइराइड, मधुमेह हर्मोन रोग विशेषज्ञ सेवा, मुुटु रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूती विशेषज्ञ सेवा, जनरन फिजिसियन विशेषज्ञ सेवा, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ सेवा र छाला तथा यौनरोग विशेषज्ञ सेवा समेत उपलब्ध गराइएको केसीले बताए । केसी स्वास्थ्य व्यावसायमा अत्यन्तै अनुभवी व्यक्तिको रुपमा चिनिन्छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु