एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा

१६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते, सोमबार ०५:४७

काठमाडौं ।नेपाल उसु महासंघको आयोजनामा १६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा सहभागिताका लागि विभिन्न ४० जिल्ला र तीन विभागीय टोलीलाई आमन्त्रण गरिएको उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् । करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
थाउलो र सान्डामा गरी जम्मा २७ स्पर्धामा खेल हुनेछ । सहभागी सबैलाई बसोवास, खाना र आते–जाते खर्च आयोजकले उपलब्ध गराउने बताइएको छ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका उसु महासंघका अध्यक्ष जनक बर्तौलाको संयोजकत्वमा ५ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ । कमिटीका सदस्यहरुमा उसु महासंघका उप–महासचिव महर्जनसहित सचिव नवीन बस्नेत, सदस्यद्वय शुभराम मुनाकर्मी र निराजन आले मगर रहेका छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु