ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते, सोमबार १५:१०

काठमाडौँ, २८ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा मन्त्री चौधरी र पूर्व राजदूत युहेबिच भेटवार्ता भएको हो । भेटका क्रममा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एशिया-अफ्रिका (वेड्स)का तर्फबाट गरिएको भेटका क्रममा मन्त्री चौधरीले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत रहेको ३ पिलर महिलाको आर्थिक सशक्तीकरण, महिलाविरुद्ध हुने कुरीति विरुद्ध सामाजिक रूपान्तरण र जोखिममा परेका महिलाको उद्धार तथा संरक्षणका क्षेत्रमा योगदान दिन चिनियाँ टोलीलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै मन्त्री चौधरीले बालसुधार गृहमा भएका बालबालिकाहरूले माथिल्लो तहमा गइसकेपछि शिक्षाबाट वञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा पूर्व राजदूत युहेले वुमन्स प्रोग्रेस, डिजिटल इम्पावरमेन्ट ग्रीन डेभलपमेन्ट कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । भेटमा पूर्व राजदूत युहेले उक्त संस्थाको सल्लाहकारको भूमिका निर्वाह गरिदिनका लागि समेत मन्त्री चौधरीलाई आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा वेड्सका अध्यक्ष झाव मेइलिङले सन् २०२४ को नोभेम्बरबाट ५ एशिया र अफ्रिकन देशमा उक्त कार्यक्रम सुरू हुन गइरहेको समेत जानकारी दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु