जगत मन्दिर क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते, मंगलवार १८:३९

जगत मन्दिर दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जगत मन्दिरले पुष्पलाललाई ४–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ दि म्याच’ सन्देश सिम्खडाले २ तथा सुविन गिरी र सिमोन खड्काले समान १–१ गोल गरे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा विद्या सदन, विनायक र विनायक सिद्ध पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।
विद्या सदनले लुम्बिनी एकेडेमीलाई २–० गोलले हरायो । समिर क्षेत्री र ‘म्यान अफ द म्याच’ विकेश मुखियाले समान १–१ गोल गरे । विनायकले ओम स्कुललाई ४–१ गोलले पाखा लगायो । विजयी टिमका लागि ‘म्यान अफ दि म्याच’ जेसङ बमजनले ह्याट्रिक गरे भने सविन राईले १ गोल थपे ।
चन्द्रविनायक पार्क, चावहिल मैदानमा विनायक सिद्धले पशुपति ‘ए’ माथि १–० को कठिन जित दर्ता ग¥यो । समिर थापाले निर्यायक गोल गरे ।
स्वप्नील र आइसटिनालाई ओलम्पिक डे जुनियर गल्फको उपाधि
काठमाडौ,जेठ २९ः ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता अन्तर्गत २१ वर्ष उमेर समुहमा स्वप्नील भट्टराई र आइसटिना टण्डन उपाधि जित्न सफल भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा स्ट्रोक प्ले स्क्रयाच फरम्याटमा भएको २१ वर्ष उमेर समुहमा स्वप्नील भट्टराईले प्रकृत तामाङलाई एक स्ट्रोकले हराउँदै पहिलो स्थान हात पारे। उनले ७–ओभर ७५ स्कोर गरे। ८–ओभर ७६ सहित प्रकृत दोस्रो भए। १२–ओभर ८० सहित सुशान्त कडेंल तेस्रो भए ।
महिला यु–२१ तर्फ ८७ स्कोरका साथ आइसटिना टण्डनले स्वर्ण पदक हात पारिन। अनभद्या मल्लले रजत र अवानी राईले कास्य पदक हात पारे ।
पुरूष १३ देखि १६ वर्ष सम्मको उमेर समुहमा जयबीर आचार्यले पहिलो स्थान प्राप्त गरे। कूल १२–ओभर ८० खेलेका उनले ईदान्त सिंह साउदलाई ६ स्ट्रोकले हराए। ८६ स्कोर सहित ईदान्त दोस्रो र ८९ खेलेका सोहम अग्रवाल तेस्रो भए।
पुरूष १० देखि १२ वर्ष उमेर समुहमा आरोह न्यौपाने पहिलोे र आर्यब शाह दोस्रो भए। नौ होलको प्रतिस्पर्धामा आरोहले ४७ र आर्यबले ५५ स्कोर गरे ।
नेपाल गल्फ संघ र रोयल नेपाल गल्फ संघद्वारा सम्युक्त रुपमा आयोजित एक दिने प्रतियोगितामा कुल २४ खेलाडीको सहभागीता रहेको थियो। विजयी खेलाडीहरुलाई नेपाल गल्फ संघका अध्यक्ष तथा ओलम्पिक कमिटीका सदस्य टासी घले, नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवाल, रोयल नेपाल गल्फ संघका क्याप्टेन मिथुन राई र लेडि क्याप्टेन आर्सीया बानुले पुरस्कार वितरण गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु