सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन २०१८ सम्बन्धी समीक्षा कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते, बुधबार ०८:२३

३० जेठ २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ

नेपाल अपाङ्ग महिला संघ अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकार तथा उनीहरूका विभिन्न सवालमा काम गर्ने एक गैर सरकारी संस्था हो । यस संस्थाले अपाङ्गता भएका महिलाहरूका सवालमा काम गर्ने क्रममा उनीहरूको स्वास्थ्य, शिक्षा, रोजगार लगायतका धेरै विषयहरूमा पनि काम गर्दै आएको छ । यसै क्रममा हिजो मङ्गलवार यूएनपिआरपिडि र युएनडिपीको संयुक्त साझेदारीमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन २०१८ को समीक्षा कार्यक्रम सम्पन्न गरेको ।

यस समीक्षा कार्यक्रममा अपाङ्गता अधिकारकर्मी तथा अनुसन्धानकर्ता मनिष प्रसाईँले अपाङ्गता भएका महिलाहरूको दृष्टिकोणबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ को पुनरावलोकन विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसै प्रस्तुतिका क्रममा उहाँले पुनरावलोकनको विधि, मातृ मृत्युदर, प्रजनन स्वास्थ्य, प्रजनन स्वास्थ्यमा नेपालको अवस्था, अपाङ्गता भएका महिलाहरूको प्रजनन अवस्था, नेपालको संविधान २०७२ को धारा ३८ मा व्यवस्था गरेको प्रत्येक महिलालाई सुरक्षित मातृत्व, यौन तथा प्रजनन स्वास्थ्यको अधिकारका विषयमा प्रस्ट पार्नु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरूका लागि पहुँचयुक्त भौतिक संरचना र विशेष सेवा सुविधासँग सम्बन्धी, सूचना तथा सञ्चार सम्बन्धी, यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हननका विषयमा पनि जानकारी गराउनु भयो ।

यस समीक्षा कार्यक्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासम्धीको धारा २५ मा उल्लेख गरेका व्यवस्थाहरूको बारेमा, अपाङ्गता अधिकार ऐन २०७४, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५, अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी निर्देशिका २०७९ र पुनरावलोकन गरिएको तिन महले दस्ताबेजका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

अपाङ्गता अधिकारकर्मी तथा अनुसन्धानकर्ता मनिष प्रसाईँले प्रस्तुतीकरणमा हालको मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा २ सय ३९ को मृत्यु हुने गरेको पाएको छ भने अब सन् २०३० सम्म मातृ मृत्युदर प्रत्येक १ लाख जीवित जन्ममा ७० पुग्ने उल्लेख गरिएको छ ।

नेपालको सन्दर्भमा १ लाख जीवित जन्ममा १ सय ५१ को सङ्ख्यामा मातृ मृत्युदर रहेको र सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा २ य ७ रहेको पाइएको जनाइएको छ ।

त्यसै गरी कम र मध्यम आय भएका देशहरूमा मातृ मृत्युदर ९५ प्रतिशत रहेको उल्लेख छ । त्यसै गरी ५० प्रतिशत भन्दा बढी किशोरीहरू अझै पनि उनीहरूको आवश्यकता अनुसारको गर्भ निरोधका साधनहरूको पहुँच भन्दा बाहिर रहेको देखिन्छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ को पुनरावलोकनको प्रस्तुतिका क्रममा अपाङ्गता अधिकारकर्मी तथा अनुसन्धानकर्ता मनिष प्रसाईँले विश्वव्यापी रूपमा नै सबै निकायहरू मैत्री बनाइनु पर्ने, अपाङ्गता भएका महिलाहरूले भोग्न परेका अवरोधहरू हटाइनु पर्ने, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायहरूमा अपाङ्गताको संवेदनशीलताको जानकारी गराइनु पर्ने, यौन तथा अन्य हिंसाको विषयमा पनि जानकारी गराइनु पर्ने बताउनु भयो ।

यस छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारीले सुत्केरी बिदाका विषयमा अपाङ्गता भएका महिलाहरूको सवालमा अपाङ्गताको विविधता अनुसार ६ महिनाको बिदाको व्यवस्था गर्न सकेमा अति अशक्त अपाङ्गता भएका महिलाहरूलाई सहज हुने बताउनु भयो ।

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन २०१८ सम्बन्धी समीक्षा कार्यक्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी निर्देशिका २०७९ लाई पुनरावलोकन गर्दा यस ऐनमा गर्भवती महिलाको सट्टा गर्भधारण गर्ने व्यक्ति, अपाङ्गता भएका महिला नभनी अपाङ्गता भएका व्यक्ति, अपाङ्गता मैत्रीको सट्टा अपाङ्गता अनुकूल र पहुँच युक्तता जस्ता शब्दहरू राख्नु पर्ने सुझाव दिनु भयो । साथै उहाँले यसमा अपाङ्गता भएका महिलाको छुट्टै परिभाषा राख्न नपर्ने भन्दै अन्य सवालमा अपाङ्गता सहायता कक्ष वा समावेशिता ठिक हुने, र अपाङ्गता भएका व्यक्तहरूको अधिकार सम्बन्धी महासन्धिलाई आधार मानेर पहुँचयक्ततालाई जोड दिँदै अपाङ्गता मैत्री नभएर अनुकूलतालाई प्राथमिकताका साथ समावेश गरिनु पर्ने कुरामा जोड दिनु भयो ।

सो छलफलमा अधिवक्ता सोनाली रेग्मीले अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी निर्देशिका २०७९ को कार्यान्वयनको अवस्थालाई अवलोकन गरी छलफलबाट आएका सल्लाह सुझावका आधारमा सम्बन्धित निकायमा छलफल गर्न सहज हुने बताउनु भयो । साथै उहाँले सुझावहरू सङ्कलन गरी स्वास्थ्य मन्त्रालयमा बुझाउने सुझाव दिनु भएको थियो ।
यसै गरी आयोजक संस्था नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले अपाङ्गताका सवाललाई सबै निकाहरू तथा व्यक्तिहरूले प्राथमिकताका साथ छलफल गर्नु पर्ने, मानव अधिकार मैत्री शब्दहरू प्रयोग गर्नु पर्ने भन्दै यसै विषमा संसादहरुसँग पनि एक चरणको छलफल गर्ने बताउनु भयो ।

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन २०१८ सम्बन्धी समीक्षा कार्यक्रममा अधिवक्ताहरू, स्वास्थ्यसँग, प्रजनन स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु