एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा

जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते, बुधबार १९:४३

बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेका छन् । दुवैले डबल्स स्पर्धामा स्वर्ण जिते ।
पाखेरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज डबल्स फाइनलमा जयस्नु र आर्यन शाहीको जोडीले बागमतीका रिजन शाक्य र एरिश शाक्यको जोडीलाई ११–९, ११–५, १०–१२ र ११–८ को सेटमा पराजित गरे । लुम्बिनीका सुविन क्षेत्री र सुविन थापा तथा गण्डकीका दीपनिशान शाही र स्वर्णिम तिमल्सिनाको जोडी तेश्रो भए ।
गल्र्स डबल्सको उपाधि भिडन्तमा सुरम्यले नर्मदा खाइतुको जोडीसंग मिलेर बागमतीकै प्राज्ना महर्जन र आस्मा महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराए । लुम्बिनीका सचिना पुरी र राशी बराल तथा गण्डकीका राजश्री अधिकारी र सक्रिय पोखरेलको जोडी तेश्रो बने ।
मिक्स डबल्सको फाइनलमा जयस्नु र सुरम्यको जोडीले बागमतीका रिजन शाक्य र नर्मदा खाइतुको जोडीलाई ८–११, ११–५, ९–११ र ११–८ र ११–७ को सेटमा पाखा लगाए । कोशीका गौतम तामाङ र सुलेखाकुमारी ठाकुर तथा लुम्बिनीका सुविन क्षेत्री र सचिना पुरीको जोडी तेश्रो स्थानमा रहे ।
सातै प्रदेशबाट समान २८–२८ ब्वाइज÷गल्र्स गरी ५६ खेलाडी सहभागी छन् । टेबलटेनिसमा ५ स्वर्णका प्रतिस्पर्धा भइरहेको छ । बाँकी २ स्पर्धा ब्वाइज÷गल्र्सको सिंगल्स फाइनल बिहीबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु