दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राखेपको झण्डा सगरमाथामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते, बुधबार १९:४८

एभरेष्ट जुडो क्वलका अध्यक्ष दावा गेल्जेन शेर्पाले सगरमाथाको सफल आरोहण गर्नु भएकोमा राष्ट्रिय खेलकुद परिषद्ले बधाई र शुभकामना दिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शेर्पालाई बधाई दिदै खेलकुद क्षेत्रबाट पनि विश्वको सर्वोच्च शिखर आरोहण गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।
मे २२ का दिन चुचुरोमा पुग्नु भएका शेर्पाले राष्ट्रिय खेलकुद परिषद्को लोगो सहितको झण्डा फहराउनु भएको थियो । उहाँले सगरमाथाको चुचुरोमा फहराएको परिषद्को भण्डा सदस्य–सचिव घिसिङलाई हस्तान्तरण गर्नुभएको थियो । गेल्जेनको अभियनले खेल पर्यटनलाई समेत टेवा पुग्ने सदस्य सचिव घिसिङले बताउनुभयो ।
वेसक्यापबाट चार दिनमा चुचुरोमा पुगेर फर्केका शेर्पालाई काठमाडौंदेखि काठमाडौं फकर्न २८ दिन लागेको थियो । जुडोका पूर्व खेलाडी समेत रहेका शेर्पाले खेलकुदको क्षेत्र सगरमाथा चुचुरो सम्म नै छ भन्ने सन्देश दिन आफूले झण्डा लगेको जानकारी दिनुभयो ।
सगरमाथा प्रर्दुषण नियन्त्रण समितिका उपाध्यक्ष समेत रहेका गेल्जेनले हिमालको फोहर व्यवस्थापनका लागि खेलकुद क्षेत्रको पनि भूमिका हुन्छ भन्नका लागि चुचुरोमा खेलकुदको झण्डा फहराएको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु