भरतपुर- नेगेटिभ रगत समुहका सबै लाई एकजुट गराउने उद्देश्यले २०५८ सालमा चितवनमा स्थापना गरिएको नेपाल दुर्लभ रक्त समुदायले १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गर्ने भएको छ ।
नेपाल दुर्लभ रक्त समुदायले २० औं रक्तदाता दिवस २०२४ को अवसर पारेर २०८० सालभित्र चितवन भित्रका नेगेटिभ रगत समूहहरुबाट रक्तदान गरेका रक्तदाताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको नेपाल दुर्लभ रक्त समुदाय चितवनका सचिव लक्ष्मण ज्ञवालीले जानकारी दिनु्भयो ।
केन्द्रीय रक्तसञ्चारले उपलब्ध गराएको सुचीमा रहेको तथ्याङ्क र सम्पर्क भएकाहरु रक्तदाताहरुबाट बर्ष भरी रक्तदान गर्ने नेगेटिभ रक्त समुहलाई असार १ गते संस्थाको बार्षिक साधारण सभा र अधिवेशनको अवसर पारेर सम्मान गर्न लागिएको हो ।
भरतपुर महानगरपालिका प्रेमबस्तीस्थित रहेको ग्रिन हेम्लेट रिसोर्टमा बिहान ११ बजे बाट शुरु हुने १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनमा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीे प्रमुख अतिथि रहनु हुनेछ ।
जिल्लाका नेगेटिभ रगत समूहका रक्तदाताहरुको उल्लेख्य सहभागिता रहने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।