युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमसत्यनारायणको आवाजमा मल्ल राजाहरुको मल्लकालिन गीतमय सरगमहिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्णशम्भुले सिकागो म्याराथनमा दौड्नेएसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधिनवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचोएसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?

एकदिने महिला प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १ गते, शनिबार २१:३९

काठमाडौं । शंखरापुर नगरपालिका र समृद्ध आधार नेपालको आयोजनामा एकदिने महिला प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ ।

समृद्ध आधार नेपालकी अध्यक्ष दिक्षा बानियाँको सभापतित्व र शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त स्वास्थ्य शिविरमा बरिष्ठ स्त्री रोग विशेषज्ञहरुद्धारा वडा नं ४ र ८ का २०० भन्दा बढी महिलाहरुको प्रजनन् स्वास्थ्य जाँच तथा औषधी वितरण गरियो ।

शिविरले महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरूको समाधान गर्न र सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । स्वास्थ्य परीक्षण, परामर्श तथा औषधी प्राप्त गर्दा स्थानीय महिलाहरु निकै नै हर्षित मुद्रामा देखिन्थे । वरिष्ठ स्त्री रोग विशेषज्ञद्धारा घर दैलो मै सेवा प्राप्त उपलब्ध गराएकोमा महिलाहरुले समृद्ध समाज नेपाल शंखरापुर नगरापालिका लाई धन्यवाद समेत व्यक्त गरे ।
महिला सशक्तिकरणको लागि निरन्तर रुपमा कार्य गर्दे आईरहेको यस संस्थाले प्रजनन् स्वास्थ्यको लागि विगत देखिनै कार्य गर्दै आइरहेको छ । स्वस्थ शरीर नै महिलाहरूको सशक्तिकरणको पहिलो र महत्वपूर्ण आधार भएकोले यस प्रकारका स्वास्थ्य शिविरहरूले महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउन ठूलो भूमिका रहने कुरा शिविरमा समृद्ध आधार नेपालकी अध्यक्ष दीक्षा बानियाले बताउन् ।

उपप्रमुख समिता श्रेष्ठज्यूले नगरपालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन् । त्यसै गरी संस्थाकी कोषाध्यक्षले महिला स्वास्थ्यको लागि सम्बद्ध निकायहरुसँगको सहकार्यमा कार्य गर्दै जाने समेत उल्लेख गरिन् समाजसेवी ओम कार्की, शंकरापुर वडा नम्बर ४ का अध्यक्ष सोनाम तामाङ, वडा नम्बर ८ का अध्यक्ष पोति थिङ, माइती नेपालका कार्यक्रम प्रबन्ध रामशरण पौडेलज्यू लगायतको आतिथ्यमा सम्पन्न भएको यो शिविर निकै सफल रह्यो । यस कार्यक्रमको अन्तमा शिविरलाई सफल बनाउन सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई संस्थाकी अध्यक्ष दिक्षा बानियाँले प्रशंसा पत्र समेत प्रदान गर्नु भएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु