काठमाडौं । रक्तदाता दिवसकाे अवसर पारेर नेपाल रेडक्रस सोसाइटी र जनस्वास्थ्य कार्यालाय चितवनको संयुक्त आयाेजनामा सम्मान, पुरस्कार वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएकाे छ ।
साेही दिवस काे उपलक्ष्यमा ४४ पटक रक्तदान गर्ने स्वयंसेवी रक्तदाता नेपाल बजार बिक्रि प्रतिनिधि संघ का महासचिव रमेश नेपाल सम्मानित हुनुभएकाे छ ।
नेपालले सम्मानित हुँदा भन्दा रत्तदान गर्दा आफुलाई धेरै मिल्ने बताउनुभयाे ।उहाँले आफ्नो रगत दान गर्दा आवस्यक पर्ने रगत परिक्षण , रगत राख्ने ब्याग ,रगत चडाउने पाइपको लागि रकम आफैले दिने जानकारी दिनुभयाे ।
रगत आबस्यक पर्ने बिरामी लाई रगत निशुल्क पाउनु पर्छ भन्ने उहाँ काे माग छ । नेपाल ब्लड डोनर्स सोसाइटी नेपाल आजिवन सदस्य र नेपाल रेडक्रस सोसाइटी नेपाल को आजिवन सदस्य पनि हुनुहुन्छ ।