मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

तारकेश्वर नगरपालिका वडा २ मा कानुनी सचेतना कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ४ गते, मंगलवार १२:२०

काठमाडौं ।नेपाल अपाङ्ग महिला संघले तारकेश्वर नगरपालिका वडा नम्बर २ मा असार ३ २०८१ मा अपाङ्गता भएका व्याक्तिहरुका लागि कानुनी सचेतना कार्यक्रम आयोजना गर्‍यो ।

तारकेश्वर नगरपालिका वडा २ को सहयोगमा संघले आयोजना गरेको उक्त कार्यक्रममा ७० जना अपाङ्गता भएका व्यक्ति स्वास्थ्य स्वयंसेवीका वडाका जनप्रतिनिधि स्वास्थ्य शाखा प्रमुख, सामुदायिक विद्यालयका शिक्षकको ससहकागिता थियो । उक्त
कार्यक्रममा बोल्दै वडा नम्बर २ का अध्यक्ष राधाकृष्ण खड्गी वडामा रहेका अपाङ्गता भएका व्यक्ति र सेवा प्रदायकहरुले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि विद्यमान सेवा सुविधा कानुनी व्यवस्थाका बारेमा थाहा पाउनुपर्छ भनेर नेपाल अपांग संघसँग मिलेर उक्त कार्यक्रम गरेको बताउनुभयो । उहाँले आफ्नो वडामा बनेको विद्यालय पहुँचयुक्त बनाउने र बन्दै गरेको शौचालय पनि पहुँचयुक्त बनाउने जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई दया भन्दा पनि अवशर चाहिएको भन्दै आफुले उनीहरको योग्यता र क्षमताका आधारमा उक्त अवसरहरु सिर्जनामा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सहभागि अपाङ्गता भएका व्यक्तिहरुले आफुहरुले आफ्नो अपाङ्गताका आधारमा भोगीरहेको अवरोधका बारेमा अनुभव सुनाएका थिए । स्वास्थ्य स्वयंसेवीकाले अहिले सम्म यसरी कार्यक्रममा सहभागी नभएको र यो कार्यक्रमले आफुहरुलाई अपागंताको बारे बुझ्न पाएको र अब काम गर्दा सजीलो हुने बताउनु भयो। स्वास्थ्य शाखा प्रमुखले अपागंता भएका व्याक्तिलाई सेवा दिदा भाषागत कठिनाई रहेकोले अब दोभासे र सहयोगी अनिवार्य हुने र सामान्य संचारको लागी सिक्नु पर्ने बताउनु भयो।

कार्यक्रममा नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टीका दाहालले अपाङ्गताका लागि विद्यमान कानुनका बारेमा र महासचिव देव कुमारी पराजुलीले अपाङ्गताका प्रकार र उनीहरुले पाउने सेवासुविधाका बारेमा प्रस्तुति दिनुभएको थियो ।
सार्वजनिक विदाको दिन परेकोले नगरपालिकाको सामाजीक विकास शाखाको र वडा न २ का कर्मचारीको पनि सक्रिय सहभागिता रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु