दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यूएईमैं पहिलो पटक नेपाली रक्तदाता संघको रक्तदान कार्यक्रम सम्पन्न”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ५ गते, बुधबार ४:४५

-सचिन्द्र श्रेष्ठ

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ युएईले, यूएईको दुबईमा दुबई हेल्थ अथोरोटी सँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम दुबई हेल्थ अथरिटीकै परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली रक्तदाता संघ युएईका जगन अधिकारीको संयोजकत्वमा सम्पन कार्यक्रममा रक्तदातालाई निःशुल्क परामर्श सहित चिसो र नास्ताको व्यवस्था गरिएको थियो।
उक्त कार्यक्रममा युएईमा बसोबास गर्ने नेपाली दाजु भाई, दिदीबहिनीहरु, समाजसेवी, बुद्दीजिवी,नेपाली राजदूतावास यूएई,सामाजिक संघ संस्था लगायतको बाक्लो उपस्थिति रहेको थियो।
मानव जीवनको अत्यन्तै पुण्य काम रक्तदान हो । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनी रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष बासुदेव ढुंगानाले बताए ।
यो बर्ष देखि यूएईमा बसोबास गर्ने नेपालीहरुमा नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा थप वृद्धि गर्ने र यो कार्यक्रम यूएईको पहिलो कार्यक्रम भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कार्य समिति सदस्य सुनील श्रेष्ठले बताए।
स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो भने
नेपालमा बि.स.२००० साल देखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । डा. कार्ल ल्याण्डस्टिनरको जन्म दिन जुन १४ लाई विश्व रक्तदाता दिवस भनी घोषणा गरिएको छ।सोहि अनुरूप जून १७ मा यूएईमा सम्पन्न रक्तदान कार्यक्रममा कूल १३८ जना रक्तदाताले रक्तदान गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु