आयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

मिस एस।ई।ई।नेशनलका अन्तिम प्रतिस्पर्धीहरुको ट्यालेण्ट राउण्ड सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ६ गते, बिहीबार ०६:२१

काठमाण्डौं । युजिसा इन्टरनेशनलको आयोजनामा भईरहेको छेठौं संस्करणको मिस एस।ई।ई।नेशनलका अन्तिम प्रतिस्पर्धीहरुको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । सोमबार राष्ट्रि«य नाचघरको मिनी हलमा आयोजित उक्त ट्यालेण्ट राउण्ड माझ प्रतियोगिताका अन्तिम २० प्रतियोगिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । जसमा नृत्य, गायन, भाषण, कविता वाचन, बासुरी बादन समावेश थिए । ट्यालेण्ट राउण्डको प्रस्तुती हेर्न सभाहलमा प्रतियोगिका अभिभावक र परिवारका सदस्यहरु समेत उपस्थित थिए ।

मिस एस। ई। ई। ट्यालेण्टको उपाधिका लागि भएकोे यस कार्यक्रममा कवि,टेलिभिजन कार्यक्रम प्रस्तोता एवं निर्देशक सरोज ओझा, अन्तराष्ट्रि«य मोडल दिपक घिमिरे, मोडल एवं अभियन्ता निलम पौडेल र महिला उद्यमी शोभा गुरुङ्ग निर्णायकको भूमिकामा थिए ।

हालै सम्पन्न एस।ई।ई।परीक्षामा सामेल भई नतिजाको पर्खाईमा रहेका छात्राहरु सहभागी यस प्रतियोगिताको अन्तिम स्पर्धा भने यहि असार ६ गते हुँदैछ । यस ट्यालेण्ट राउण्डमा सर्वोत्कृष्ट हुने प्रतियोगिलाई सोहि दिन मिस एस।ई।ई।नेशनल मिस ट्यालेण्टको उपाधि समेत वितरण गरिने युजिसा इन्टरनेशनलका प्रमुख सानु खानले जानकारी दिएका छन। प्रतियोगीहरुले चर्चित कोरियोग्राफर रोजिन शाक्यबाट ४५ दिने कोरियोग्राफी तालिम हासिल गरेको पनि उनले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु