एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

विद्यालय खेलकुदसँग बक्सिङको साझेदारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ७ गते, शुक्रबार ०८:०६

काठमाडौं ।विद्यालय खेलकुदमा बक्सिङ खेलको प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल बक्सिङ महासंघले नेपाल विद्यालय खेलकुद महासंघसंग साझेदारी गरेको छ । विद्यालय खेलकुदमा बक्सिङ खेलको विकास र प्रवद्र्धन गर्ने लक्ष्यसहित बक्सिङ महासंघले विद्यालय खेलकुद महासंघसंग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
बक्सिङ महासंघका अध्यक्ष राम अवाले र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को प्रतिनिधिको रुपमा आईएसएफका कार्यकारी सदस्य राजकुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार विद्यालय खेलकुदको अभियानमा बक्सिङ महासंघ साझेदार संस्थाको रुपमा रहने सहमती छ । सम्झौता अनुसार विद्यालय खेलकुदमा बक्सिङ खेलका प्रतियोगिता, पूर्वाधार विकास, नीति निर्माण, तालिम तथा क्षमता अभिवृद्धि, खोज अनुसन्धानमा दुवै संस्थाले मिलेर काम गर्ने उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु