एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

नरेन्द्र र पूर्णलक्ष्मी पहिलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ८ गते, शनिबार २०:५९

काठमाडौं, असार ८ गते । नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुष र पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् ।
नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोश्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ सेकेन्ड तथा तेश्रो स्थानका सुशिलकुमार शाहीले १ घण्टा २४ मिनेट ४६ सेकेन्ड समय निकाले । दुवै आर्मीका हुन् । सोलुखुम्बुका अर्जुन कुलुङ राई चौथो तथा आर्मीका गोपाल तामाङ पाँचौं स्थानमा रहे ।
पूर्णलक्ष्मीले निर्धारित दूरी तय गर्न १ घण्टा ४७ मिनेट समय लगाइन् । आर्मीकी निर्मला केसी १ घण्टा ५० मिनेटमा दोश्रो तथा खोटाङकी प्रिया राई १ घण्टा ५१ मिनेट ०८ सेकेन्डमा तेश्रो भए । नेपाल प्रहरीकी लाक्पा निमा शेर्पा चौथो तथा ओखल्ढुंगाकी छोकी शेर्पा पाँचौं बने ।
दुवै समूहमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका कार्यकारी समितिका सदस्य एवं आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवर, राखेपका सदस्य अञ्जन धमला, चन्द्रबदना राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्य–सचिव घिसिङले गरेका थिए ।
सो अवसरमा सदस्य–सचिव घिसिङले ट्रेल रेसका लागि नेपाल उत्तम गन्तब्य भएको बताउदै विदेशी खेलाडीलाई आकर्षित गर्ने योजना बनाइ देशको अर्थतन्त्र बृद्धिमा टेवा पु¥याउनुका साथै पर्यटन प्रवद्र्धनमा महासंघले जोड दिनु पर्ने बताए ।
दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरीको मत्छेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्क्यापाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिएको थियो । दौडमा नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ, ४ राष्ट्रका ५ विदेशीलगायत गरी २ सय ६५ धावक÷धाविको सहभागिता रहेको आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु