पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

ओलम्पिक डे २०२४ मनाइयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ८ गते, शनिबार २१:०६

काठमाडौं, असार ८ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार नेपालमा अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२४ मनाइएको छ ।
नेपाली सेनाको लगनखेलस्थित शैनिक शारीरिक तालिम तथा प्रशिक्षक केन्द्रमा रहेको कभर्डहलमा विभिन्न कार्यक्रममको आयोजना गरी ओलम्पिक डे मनाइएको छ ।
त्यस अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको झण्डा झण्डोत्तोलन गरे । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गरे । नेपालबाट विभिन्न खेलमा ओलम्पिकमा सहभागिता जनाएका खेलाडीहरुले ओलम्पिक टर्च लिएर कभर्ड हलमा प्रवेश गरेका थिए ।
अन्तर्राष्ट्रिय ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइँदै आएको छ । नेपालमा भने जुनको पहिलो साता देखि नै विभिन्न कार्यक्रम गरिँदै आएको थियो । जुन ८ मा ओलम्पिक डे को औपचारिक सुरुआत भएको थियो । शनिबार ओलम्पिक डे २०२४ को औपचारिक समापन सहितको कार्यक्रम आयोजना गरिएको हो ।
ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले त्यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी ओलम्पिक डे मनाइएको उल्लेख गर्दै यसले नेपाली खेलकुदमा भातृत्व बढ्ने बताए ।

ओलम्पिक डे २०२४ को समापनको अवसरमा बक्सिङ, जुडो, फेन्सिङ, कराते र उसु खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । यस्तै डिलाइट स्कुल, ब्राइट फ्युचर स्कुल, एभीएम स्कुल र नाइटिङ्गल स्कुलका छात्र÷छात्राहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
यसैगरी दधिकोटा विद्यालयका विद्यार्थीले बाँसुरी धुन प्रस्तुत गरेका थिए । नेपाली सेनाको ब्याण्डले पनि विभिन्न प्रस्तुती दिएको थियो ।
कार्यक्रममा विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहणमा सबैभन्दा छिटो शिखरमा पुग्ने महिलाको कीर्तिमान राख्न सफल फुन्जो लामालाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले ओलम्पिक डे २०२४ को अवसरमा पठाएको सन्देश नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योती राणाले वाचन गरेकी थिइन् ।
कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्वबारे प्रकाश पार्दै यसको विविध पक्षका बारेमा आफ्नो धारणा राखेका थिए । ‘ओलम्पिक डे एक दिनको कार्यक्रम भएपनि हामीले यो महिनाको सुरुआतदेखि नै विभिन्न कार्यक्रमहरु गर्दै ओलम्पिक डे मनाउँदै आएका थियौँ । यस पटक पनि देशैभर सातवटै प्रदेश, राष्ट्रिय खेल संघ संस्थाहरु, विभागीय टोली प्रिस्कुलहरुसँग सहकार्य गरेर ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम आयोजना ग¥यौँ,’ अध्यक्ष विष्णुगोपाल श्रेष्ठले भने, ‘मलाई एकदमै खुशी लागेको छ कि हामीले विभिन्न क्षेत्रका व्यक्तिहरुसँग सहकार्य गरी कार्यक्रम गर्दा ओलम्पिकको विविध पक्षबारे जानकारी गराउने अवसर पायौँ ।’
श्रेष्ठले स्कुलमा पढ्ने विद्यार्थीहरुलाई सानै देखि सही मार्गमा डो¥याउन र खेलकुदको बारेमा जानकारी गराउन यस किसिमको कार्यक्रम गरिएको बताए । शिक्षा र खेलकुद क्षत्रेको सही तालमेल मिलाउन र स्कुलदेखि नै साना बालबालिकालाई खेलकुदको विविध पक्षमा बुझाउनका लागि यस खालको कार्यक्रम आयोजना गरिएको कमिसनले जनाएको छ ।
ओलम्पिक डे को अवसरमा ओलम्पिक कमिटीका पदाधिकारीहरु, ओलम्पियनलगायत विभिन्न खेल संघका पदाधिकारीहरु, खेलाडीहरुको उपस्थिती थियो । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु