चलचित्र ‘सतीदेवी’को ‘लैजा दैव फिर्ता लैजा’ गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ९ गते, आईतवार ०९:५०

काठमाडौं ।लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’को ‘लैजा दैव फिर्ता लैजा’ गीत सार्वजनिक गरिएको छ । सुवेदीकै शब्द रहेको गीतमा सङ्गीत सुभाष भुसालले दिएका छन् ।

गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री मलिका महतको पीडा र वेदनालाई प्रस्तुत गरिएको छ ।

छोरीको विषयमा समाजमा रहेको विभिन्न भ्रम सहितको कथामा बनेको फिल्म ‘सतीदेवी’ साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शन अगाडि केही फिल्म फेस्टिभलका उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल फिल्ममा मलिकाको अलवा हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ ।

फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदी निर्माता रहेका छन् । फिल्मको लेखन समेत निर्देशक सुवेदीले नै गरेका हुन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु