हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

सामाजिक कथामा आधारित ‘जवानी लिलाम भो’ ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ९ गते, आईतवार ११:२७

काठमाडौं – अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात ‘जवानी लिलाम भो’ सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

राजनीति भित्रको फोहरको कथामा आधारित रहेर म्युजिक भिडियोको कथा तयार पारिएको छ। भिडियोमा दिक्पाल कार्की, जी.वी. चिरन, चिरन्जीवी सापकोटा, अस्मिता जुरेली, समीप निरौला, राज कुमार, गौरव हमाल, मनिसा लामा, जितेन्द्र रावल, आशा खत्री, अञ्जु गुरुङ र समिक्षा सानुको अभिनय रहेको छ।

राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् । देवी राई निर्मात्री रहेको यस म्युजिक भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक चाम्लिङको युट्युव च्यानल ‘हर्क चाम्लिङ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु