गायक ठगुन्ना सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ९ गते, आईतवार १३:५७

काठमाडौ । नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय सफल गायक तथा सर्जक उमेश सिंह ठगुन्ना सम्मानित भएका छन् ।

शनिबार राष्ट्रिय नाचघर जमलमा तिलक फिल्मस प्रालिको आठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भव्य समारोहका बीच ठगुन्नालाई सम्मान गर्नु भएको हो।

सम्मानित भए पछि सर्जक उमेश सिंह ठगुन्नाले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिका अध्यक्ष दिपक जोशीलाई धन्यबाद दिदै नेपाली गीत,संगीत क्षेत्र सम्वृद्धिका निमित्त अझै क्रियाशील हुन र कलाकारिता यात्रालाई उचाई तर्फ बढाउन यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु