भेट्रान धावक टोली बंगलादेश जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १० गते, सोमबार २०:५३

अन्तर्राष्ट्रिय भेट्रान एथलेटिक्स प्रतियोगितामा सहभागी हुन ६ सदस्यीय खेलाडी टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।
धावक बुद्धवीर लामाको नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा पुष्पराज श्रेष्ठ, दीपककुमार रन्जित, धर्म महर्जन, रेवत दाहाल र लाक्पा लामा शेर्पा रहेका छन् । प्रतियोगिता जुन २७ देखि २९ तारिखसम्म हुनेछ ।
टोलीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, गायिक कोमल ओली, कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलगायतले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे । टोलीको बंगलादेश बसाइको व्यवस्थापन एथलेटिक्स संघले मिलाइ दिएको धावक लामाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु