युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमसत्यनारायणको आवाजमा मल्ल राजाहरुको मल्लकालिन गीतमय सरगमहिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्णशम्भुले सिकागो म्याराथनमा दौड्नेएसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधिनवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचोएसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?

सोफेस टेबलटेनिसमा आर्यन र शुभश्रीलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १२ गते, बुधबार ०६:०४

एभरेष्टका आर्यन शाही र युलेन्सकी शुभश्री श्रेष्ठले १० औं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा आर्यन र गल्र्समा शुभश्री पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइजको फाइनलमा आर्यनले गत जेठ अन्तिम साता पोखरामा भएको प्रथम यु–१५ विद्यालय खेलकुद प्रतियोगितामा तीन स्वर्ण जित्न सफल एभीएमका जयस्नु महर्जनलाई ११–९, १४–१२, ९–११, ६–११ र ११–९ को सेटमा पराजित गरे । भासारका रिजन शाक्य र न्यु होराइजनका सुविन क्षेत्री तेश्रो भए ।
गल्र्सको उपाधि भिडन्तमा शुभश्रीले सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ११–८, ११–४ र ११–६ को सोझो सेटमा हराइन् । प्राइम ग्लोबलकी प्राज्णा महर्जन र एभीएमकी अर्सना महर्जन तेश्रो बने । ब्वाइज÷गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, ७ हजार ५ सय र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
गोरखनाथ माविको सहकार्यमा सोफेस नेपालद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा डिलाइट किन्डरगार्तेनका आरम्भराज शाक्य पहिलो भए । उनले फाइनलमा जेम्सका अनमोल बजगाईंलाई ३–२ ले पाखा लगाए । सो स्पर्धाको गल्र्स फाइनलमा आरुणीकी योजना पुन मगरले जेम्सकी सुहाना महर्जनलाई ३–१ ले पन्छ्याउदै पहिलो भइन् ।
यु–१४ ब्वाइज सिंगल्समा श्रृष्टि एकेडेमीका अर्नव श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा जेम्सका अर्चित शाहको चुनौती ३–० को सोझो सेटमा समाप्त पारे । उक्त स्पर्धाको गल्र्स फाइनलमा दृष्टिका श्रेष्ठले स्वर्णिमकी सुप्रिया कपालीमाथि ३–१ को जित दर्ता गर्दै पहिलो बनिन् ।
ब्वाइज टिम इभेन्टमा एभीएम पहिलो, भासारा दोश्रो तथा न्यु होराइजन र एभरेष्ट तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको गल्र्समा पनि एभीएम नै शीर्ष स्थानमा रह्यो । प्रभात दोश्रो तथा मंगल र स्वस्तिश्री गुरुकुल तेश्रो भए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा विभिन्न ४४ विद्यालयका १ सय ७७ ब्वाइज र ७६ गल्र्स गरी जम्मा २ सय ५३ खेलाडीले ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यु–१६ सिंगल्समा मात्र नगद पुरस्कार राखिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु