तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आर्मीलाई राष्ट्रिय हक्की उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १३ गते, बिहीबार ८:०२

नेपाल आर्मीले पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगताको उपाधि बुधबार जितेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ५–१ गोलअन्तरले पराजित ग¥यो । आर्मीका प्रदीप राजवंशीले ४ गोल गरे । अर्को गोल दीपेन्द्र ऐरले थपे । प्रहरीका रोमन रानाले सात्वना गोल फर्काए । आर्मीका मनोज चौधरी फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उपाधिसंगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने प्रहरीले ३० हजार नगद पुरस्कार हात पा¥यो ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ७–१ गोलले हराउदै तेश्रो भयो । गण्डकीका लागि ‘प्लेयर अफ द म्याच’ असिम बाहेकले ह्याट्रिक गरे भने प्रेम विकले २ तथा कुशल नेपाली र पवन परियारले समान १–१ गोल गर्दै जित अन्तर फराकिलो बनाए । गण्डकीले १५ हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
प्रतियोगितामा दीपेन्द्र ऐर उत्कृष्ट खेलाडी, पुरन ओली उत्कृष्ट गोलरक्षक र रोशन चौधरी उत्कृष्ट डिफेन्डर घोषित भए भने प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट चारै आर्मीका हुन् । कर्णालीका सुशान्त रोकाया उदीयमान खेलाडी चुनिए । पाँचैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, पूर्व सभासद शारदा पौडेल, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा दुई विभागिय र ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु