अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
सुरुमा अशोकले अस्ट्रियाको भियनामा हुने वल्र्ड ¥याङकिङ जि– वान अस्ट्रियन ओपन पुम्से तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगिता जुन २९ र ३० तारिखमा हुनेछ ।
उक्त प्रतियोगितापछि उनले जर्मनीमा हुने डीटीयु बोडेन्सी कपमा निर्णायकको भूमिकामा रहने छन् । जुलाइ ६ तारिखमा हुने प्रतियोगितामा अशोकले ग्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । अशोक बिहीबारै अस्ट्रिया प्रस्थान गरेका छन् । अशोक ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।