दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेसियल हाउसलाई “बेस्ट युनिसेक्स सैलुन अफ नेपाल ” अवार्ड प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १४ गते, शुक्रबार १४:०८

काठमाडौ । काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् उद्यमी व्यवसायी बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसलाई “बेस्ट युनिसेक्स सैलुन अफ नेपाल ” प्राप्त गरेको छ ।

बिहीबार होटल र्‍याडिसनमा नेपाल भारत संयुक्त आयोजनामा छैठौ अन्तराष्टिय इक्सिलेन्स अवार्ड २०२४ को भव्य समारोहकाबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, नेपाली चलचित्रका नायक भुवन केसी र भारतकी प्रख्यात अभिनेत्री एवम् राजनीतिज्ञ जया प्रदालगायतले सो अवार्ड फेसियल हाउसलाई “बेस्ट युनिसेक्स सैलुन अफ नेपाल ” हस्तान्तरण गरेका हुन् ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ व्युटिसियन सुष्मा महराको अनुपस्थितिमा सो अवार्ड फेसियल आउसका प्रबन्धक वीरेन तामाङले ग्रहण गरेका थिए ।

नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउस काठमाडौं सहित देशका प्रमुख शहरमा शाखा कार्यालय रहेका छन् । काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, केएल टावर, चावहिल,पोखरा, सुर्खेत र नेपालगन्ज , धनगढी गरि कुल ८ शाखा कार्यालय रहेको छ ।करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएको फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या मेकअप,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन शुभकार्य, सौन्दर्य प्रतियोगिता, गीत संगीत देखी चलचित्रसम्मलाई सेवा प्रवाह गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु