तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

धर्म र पुष्पलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १५ गते, शनिबार १७:४०

नेपाली भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
बंगलादेशको ढाकामा भएको प्रतियोगितामा धर्मले ५० वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण जितेको टोली नेतृत्व गरेका बुद्धवीर लामाले जनाएका छन् । प्रतियोगितामा धर्मको यो व्यक्तिगत दोश्रो स्वर्ण हो । यसअघि धर्मले ५ हजार मिटर दौडमा पनि स्वर्ण जितेका थिए । पुष्पलालले पनि १० हजार मिटर दौडमै ६५ वर्षमाथि उमेरसमूहमा पहिलो स्थान हात पारे । सोही दूरीको ४० वर्षमाथि लाक्पा शेर्पा लामा पाँचौं स्थानमा रहे ।
प्रतियोगितामा नेपालबाट ६ जना भेट्रान धावकले प्रतिस्पर्धा गरेका थिए । नेपालले ५ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्यो ।
यसअघि ६५ वर्षमाथि ५ हजार मिटर दौडमा गीतकार समेत रहेका बुद्धवीर लामा स्वर्ण तथा रैवत दाहालले ५० वर्षमाथि १ हजार ५ सय मिटर दौडमा स्वर्ण र १ हजार ५ सय मिटर दौडमा रजत जितेका थिए । ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य हात पारे । टोली मंगलबार स्वदेश फर्किदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु