एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनशिप प्रतियोगिता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १६ गते, आईतवार ०६:०५

दुई दिने सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनशिप प्रतियोगिता काठमाडौको टोखा नगरपालिकामा शनिबार सम्पन्न भएको छ ।
प्रतियोगितामा महिला खुला च्याम्पियनशिपतर्फ खुसी विके प्रथम, समिक्षा राई दोस्रो, लेमंग मगर तस्रो हुनु भएको छ ।
पुरुष जुनियरतर्फको खुला च्याम्पियनशिपमा किरण लामा गुरुङ प्रथम, यमबहादुर कामु दोस्रो, अविशेष परिवार तेस्रो हनुभयो ।
यस्तै सिनियर पुरुष च्याम्पियनशिपतर्फ प्रथम वसन्त राइ, शरद् राई दोस्रो र पेन्थेलिन शेर्पा तेस्रो हुनुभयो । सबै विद्यामा प्रथम हुनेलाई २५ हजार रपियाँ, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपियाँ पुरस्कार दिइएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले बताउनुभयो ।
यसअघि सो प्रतियोगिताको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उद्घाटन गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै उहाँले स्केटिङ तथा स्केटबोर्डिङ साहसिक र लोभ्याउने सुन्दर खेल भएको बताउदै ७५३ वटै पालिकामा त्यसका लागि खेल मैदान बनाउनु पर्ने बताउनु भएको थियो ।
मन्त्री जोशीले स्थानीय तहहरुमा खेल मैदान बनाउनका लागि आफ्नो मन्त्रालयले समेत स्थानीय सरकारकासंग समन्वय गर्ने बताउनु भएको थियो ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा भरहेको प्रतियोगिताको उद्घाटन क्रममा बोल्दै सर्जक तथा गायक प्रकाश सपुतले सो खेलबाट देशको नाम राख्न खेलाडीलाई आग्रह गर्नु भएको थियो । उहाँले कार्यक्रममा आएर, आर्थिक, नैतिक सहयोग गरेर यो खेलको प्रवद्र्धनमा आफू लाग्ने प्रतिवद्धता समेत गर्नु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सो खेल आफ्नो पालिकामा आयोजना हुँदा आफ्नो पालिकाको गौरव अझ बढेको बताउदै आफ्नो पालिकाको कुनै पनि खेलाडी आर्थिक अभावका कारण देश भित्र र वा बाहिर हुने कुनै पनि खेल खेल्नबाट बञ्चित हुनु नपर्ने बताउनु भएको थियो ।
सो क्रममा मन्त्री जोशी, कलाकार सपुत र नगरप्रमुख अधिकारी र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले खेलाडीहरुलाई स्केटबोर्ड हस्तान्तरण गर्नु भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८० जुनियर तथा सिनियर पुरुष र ७० जना जुनियर तथा सिनियर महिला खेलाडी सहभागी रहेका थिए । ती खेलाडीलाई खुल्ला सिनियर पुरुष , खुल्ला जुनियर पुरुष, खुल्ला महिला स्केटिङ च्याम्पियनसिप गरेर तीनवटा विद्यामा खेलाइएकोे थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु