हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

आज असार १७ गते सोमबार तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १७ गते, सोमबार ०६:०३

आज – १७ आषाढ २०८१ सोमवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरमा अतिथिको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । लाभदायक यात्रा पनि रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पाइनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) , इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुराले मनमा शान्ति छाउला । प्रेम जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । भोज भतेरमा सहभागी भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । पैसा हात नपार्न पनि सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा दुबिधा उत्पन्न हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज छोटो दुरीको लाभदायक यात्रा रहला । कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु