बैदेशिक रोजगारी बाट फर्केर क्यानभासमा कूची खेलाउदै”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १८ गते, मंगलवार ०८:२३

-सचिन्द्र श्रेष्ठ
घरका भित्ताहरु, क्यानभासमा रङहरु यत्रतत्र पोखिएका र कोठामा छरपस्ट छरिएका चित्रमा एकोहोरो घोत्लि रहेका भेटिन्छन आजकल भुवन डंगोल।१२ बर्ष बिदेश बसाईलाई बिट मार्दै स्वदेस पसेका डंगोल उनको दिनचर्यानै अहिले क्यानभास पर्खाल,भित्ता कलामा रङ्ग पोती रहेका छन।
स्कूलले जीबनमा पढ्दा पढ्दै चित्रकलामा रूचि र बिशेष दख्खल राख्दै आएका डंगोल हाल यसलाईनै जिबन्त दिन लागि परेका छन। आफ्नो रूचिलाई अहिले पेशा बनाएकोमा खुसी छन।
चित्रकारिताको यात्रामा हिड्दा कहिल्यै ललितकला नपढेका भुवन आफ्नै दाई सशि कुमार डंगोल र गुरु एबं साथी डिल्ली राज घिमिरेलाई पच्छ्याउदै यो सिप सिकेको बताए।सानै देखि चित्र कोर्न माहिर भुवन कलाको विषयमा केही जानेका बुझेका थिएनन् । तर चित्र कोरिरहन्थे, आफ्नै घरमा दिनहुँ रङ्ग सँग खेल्दै हुर्केका उनले आंखिर रङ्गलाईनै जीवन बनाए।
कहिल्यै व्यावसायिक रुपमा चित्र बनाउने नगरेका उनले अहिले बिदेश बाट फर्के पछि भने कहिले कहाँ त कहिले कहाँ गएर भित्ता,पर्खाल देखि साइंन बोर्डमा समेत रङ्ग भर्दै आएका छन र आफूलाई ब्यबसायिक चित्रकार बनाएका छन।आजकल उनलाई कमै फुर्सदमा भेटीन्छन्।सिपले उनलाई अत्यन्त ब्यस्त र कलालाई थप माझ्न लागि परेका छन।हरेक दिनजसो रङहरु सँग रमाउने र आफु सँग भेट्न आउने सँग साक्षत्कार गर्ने उनको दैनिकी बनेको छ।
नुवाकोटमा बि. स.२०३५ सालमा जन्मेका भुवन उनले घरको भित्ता, स्कूलका भित्तामा तँ कहिले कागज हुदै कपडामा पनि विभिन्न बुट्टा भर्न सिकदै उनले कपडामा थरीथरी बुट्टा भरेर कोठाका टेबल,पुसन र पलङ सजाउँनुका साथै आफ्ना साथी भाई,ईस्ट मित्र, गुरु एबं भगवानका कपडामा ओइल पैन्ट,फिगरेटिभ, ल्यान्डस्केप, पोट्र्रेट,एक्रेलिक पैन्टले क्यानभासमा उतारेका स्केचहरु कोठाका भित्ताहरु सजिएका हुन्छन्।
‘एउटा सामान्य तस्बिरलाई ओइल पेंट बाट स्केच बनाउन धेरै मिहिनेत गर्नु पर्छ’।जसले गर्दा एउटा चित्र कोर्न र सुकेर तयार हुन १० दिन सम्म लाग्ने उनको अनुभव छ।वाटर कलर माध्यमबाट तयार पारिएको चित्र छिट्टै सुक्ने तर लामो समय टिकाऊ नहुने बताउँछन्।
बि. स.२०५३ मा नुवाकोटको आदर्श क्याम्पस बाट आई कम हुदै काठमाण्डौको सरस्वती क्याम्पस बाट बि.कम सकेका डंगोल पत्नी सहित एक छोरा र एक छोरीका साथ हाल काठमाण्डौ बसोबास गरेका छन्।
मानौ उनी सँग सिपको भण्डारनै छ भनेर भन्दा पनि फरक हुँदैन ,पहिलो बिदेश साउदीमा सेक्यूरिटी गरेका भुवनले त्यहाँ दुई बर्षको बिदेस फर्केर पुनः अर्को देश यूएई (दुबई)मा उनले ड्राइभिङ्गमा आफ्नो हात हाले र त्यहाँ पनि सफलता हासिल गरे र लामो समय बिदेस बसे पनि आफ्नो चित्रकलालाई सजिलै बिर्सन सकेनन ।
दुबई बस्दा पनि फुर्सदमा पेपरमा बिभिन्न चित्र कोर्ने गर्थे तर आफ्नो जागीर भने ड्राइभिङ्गनै थियो त्यही पेशालाई निरन्तरता दिए।बि. स.२०८० मा भने सदाका लागि दुबई छाडेर स्वदेश फर्केका डंगोल अहिले पछाडि फर्कन चाहन्नन्।”हातमा सबै सिप छ जे काम गरेर पनि आफ्नै ठाउँमा खान सक्छु,परिवार पाल्न सक्छु भनेर उनले सधैको लागि बिदेस छाड़ेको बताए।”
‘रङहरुको कलात्मक बान्कीमा उतार्न र ब्रस सँग खेल्न पाउनुमा आफूलाई राम्रो लाग्ने उनले यस चित्रकलाको हुटहुटी कहिल्यै नमर्ने बताउँछन्।’ भुवन भन्छन् -“कहिले एक्लै घरमा चित्र कोर्ने त कहिले साथी सँग बाहिर गएर काम गर्ने भएकाले बाँचुञ्जेल चित्रकला भन्दा टाढा बस्न कदापि सक्दिन।”
घरमा रङ्ग सँगै ‘इजल’मा पैंटिंङ्ग गर्नुको मज्जा बेग्लै रहने हुदा एक्रेलिक रङ्ग होस् या ओइल रङ्ग जुन कुनैको सहाराले क्यानभासमा कैद गर्नु र त्यसलाई प्रस्फुटन गराउन सक्नु चित्रकारको खूबी रहेको भुवन बताउँछन्।
आफु चित्रकलामा रूचि भएकाले बेला बेलामा ललितकला सँग आबद्ध संघ संस्थाको आयोजना गर्ने प्रदर्शनी,साक्षात्कार ,सभामा जान कहिल्यै छुटाऊदैनन।फुर्सदमा कला सम्बन्धी प्रशिक्षण लिई रहन्छन र सिक्न आउनेलाई आफ्नो सीप बाँडछन।
मानिसको मन हो कहिले उतार चढ़ाव आउने जाने गर्छ नै!समाजमा बसे पछि केहि राम्रो नराम्रो हुन्छनै त्यस्तै समसामयिक सामाजिक विषयवस्तुको चित्र समेत क्यानभासमा उतार्न आफूलाई मन पर्ने बताए।जसका कारण चित्र मार्फ़त अरुलाई समाजको बिम्ब प्रस्तुत गर्न सकियोस्।
आफूले सिर्जना गर्ने चित्रको अहिले सम्म सबै भन्दा बढ़ी चालीस हजार सम्म पाएको बताए, कुनै ‘फिक्स रेट’ नभएको बताउने भुवन आफूलाई सिपको मूल्य अनुसारको रकम दिए खुसी हुने बताउँछन्।कतिलाई डंगोलले सित्तैमा समेत बनाएको बताउँछन्।स्कूल,सामाजिक संघ संस्था,मन्दिर,आश्रमको निःशुल्क पेंटस् गरी दिने बताए।
अघिल्लो महीना आफ्नै जन्म थलों नजिकको रसुवामा गई पाँच स्कूलमा समेत गएर त्यहाँका भित्तामा चित्र कोरे,साइन बोर्ड बनाए।धेरै बर्ष पछि आफु हुर्केको पढेको स्कूल गएर बिगतलाई स्मरण गरे।अझ अनौठो पक्ष त यो रह्यो की आफुले बि.स.२०५० सालमा नीलकण्ठ माध्यमिक बिधालय रसुवा बाट एसएलसी दिएका साथीहरु,गुरूहरुको जमघट यही काठमाण्डौमा गर्दा सबै साथीहरुले सामाजिक सञ्जालमा आफुले बनाएको चित्रको तारीफ गरे पश्चात अझ थप हौसला मिलेको बताए।
‘फेसबुक होस् या टिकटकमा आफ्ना कलालाई प्रदर्शन गर्ने थलों एबं चौतारी भएको र सकारात्मक या नकारात्मक कुरा सुन्ने बुझ्ने काम भएको बताए।’उनले भने-“धेरैले कामको सराहनीय गरेको र सामाजिक सञ्जालमा कतिले आफ्ना लागि पनि बनाइदिन भने।”
आफुले क्यानभासमा कोरिएका ति इन्द्रेणी रङहरुमा आफ्नो जीवन पनि उही इन्द्रेणी रङ जस्तो लोतपोत झल्किनुले स्वास रहुन्जेल रङ्ग सँगै सिंङ्ग जोरि गर्दै मर्न पाउदा धन्य हुने भुबन बताउँछन्।
कलामै जीवन, योगदान दिए बापत डंगोलले कहिल्यै पुरस्कार लगायत दर्जनौँ मान-सम्मान प्राप्त नगरेका भएता पनि आफु पुरस्कार ,मान सम्मानका लागी नभई आत्मसन्तुष्टिका निम्ति यो पेशा रोजेको वताएँ।
चालीस दशक देखि क्यानभासमा चित्र उतारेका उनले कहिले बिदेस त कहिले स्वदेस आवत जावत गर्दै समय बिताए पनि अहिले सम्म एकल चित्रकला प्रदर्शनी पनि नगरेका डंगोल आगामी योजना भबिश्यमा एकल चित्रकला प्रदर्शनी गर्ने, नया आउने चित्रकार भाई बहिनीलाई स्वेदशमै रोजगारी दिने र देश समाजलाई आफ्नो कला सिपको उजागर गर्ने बताउँछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु