एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा

जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २१ गते, शुक्रबार ०६:१८

काठमाडौं । जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ ।
राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा बिहीबार सम्पन्न फाइनलमा जाउलाखेलले ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) लाई ११–८ को स्कोरमा पराजित गर्दै उपाधि हात पारेको हो ।
जाउलाखेलले उपाधिसँगै १५ हजार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता डब्लुएसएले १० हजारमा रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा जाउलाखेलले विइनलाई १८–२ को फराकिलो स्कोरमा पराजित गर्दै फाइनमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा डब्ल्युएसएले बीआईएलाई १२–६ को स्कोरमा पराजित गर्दै जाउलाखेलसँगको भेट पक्का गरेको हो ।
प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा विइनलाई ४–० को स्कोरमा पराजित गर्दै बीआईएले पाँच हजार रुपैयाँ पायो । प्रतियोगितामा टप स्कोरर डब्ल्युएसएकी ज्योति अर्याल घोषित भइन् । उनले फाइनलमा ६ स्कोर गरिन् । मोस्ट भ्यालुएबल प्लेयर जाउलाखेलकी बबिता थापा चुनिइन् । उनीहरूले समान एक हजार रुपैयाँ र ट्रफी हात पारे ।
प्रतियोगिता समापन समारोहमा काठमाडौं महानगरपालिका ३० का वडाअध्यक्ष दलबहादुर कार्की, ग्यालेक्सी स्कुलकी प्रधानाध्यापक सुरिना गुरुङ, राष्ट्रिय अपांग महिला समाजकी अध्यक्ष देवी आचर्यालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न काठमाडौं महानगरपालिका ३० ले विषेश सहयोग गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु