“ज्ञानोदय आधारभूत विद्यालय ज्यामिरकोटमा वृक्षारोपण”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २१ गते, शुक्रबार ०९:०३

असार- २० , जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकको सहयोग तथा जामुनवोटे सामुदायिक वन उपभोक्ता समूह पाँचखाल- २, ज्यामिरकोटको आयोजनामा जामुनवोटे सामुदायिक वन उपभोक्ता समूहको कार्य क्षेत्रभित्र पर्ने हाल विद्यालयले आयआर्जन लगायत अन्य कार्यमा उपयोग गर्दै प्रयोगमा ल्याइरहेको विद्यालय हाताको उत्तर तर्फको खाली भू-भागमा कागती, लिचि र अनारका गरि २०० विरुवा रोपिएको कुरा विद्यालयका प्र.अ. मेघनाथ अधिकारीले जानकारी गराए ।

वृक्षारोपण गर्ने क्रममा जिल्ला वन कार्यालय काभ्रेका प्रतिनिधिहरु, जामुनवोटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सोकनाथ गौतम लगायत स्थानीय उपभोक्ता, विद्यालयका शिक्षक, शिक्षका, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यसरी वृक्षारोपण गर्दा विद्यालयमा पनि स्वच्छ वातावरण बन्ने र आय आर्जनमा थोरै भए पनि सहयोग पुग्ने भएकोले यो कार्य अत्यन्तै राम्रो रहेको कुरा विद्यालय ब्यवस्थापन समतिका अध्यक्ष प्रल्हाद दाहालले बताए । यसरी नै अब बिस्तार अरु विरुवा पनि रोप्दै जाने कुरा जामुनवोटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समतिका सदस्य सोकनाथ गौतमले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु