दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को हप्ता शुक्रबार विश्वासको मत लिनुहुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २१ गते, शुक्रबार २१:१९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को हप्ता शुक्रबार विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाउनुभएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेले सत्तामा सहकार्य गर्ने सहमतिपछि एमालेले सकारको समर्थन फिर्ता लिइसकेको छ । एमालेका आठ मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन् ।यसै गरि अशोक राई नेतृत्वको जसपाका मन्त्रीहरुले पनि प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन् ।

कुनै पनि दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् ।

तर, प्रधानमन्त्रीले संसद्को सामना गर्ने भन्दै राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ चाहिन्छ । प्रधानमन्त्रीसँग अहिलेसम्म माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरेर ६३जना सांसद छन् । प्रतिनिधिसभामा बहुमत जुटाउन १३८ सांसदको समर्थन चाहिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु