हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

दुई दिने नेत्रहीन क्रिकेट खेल प्रतियोगिता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २४ गते, सोमबार ०८:३५

शर्मिला विश्वकर्मा

काठमाडौ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेत्रहीन क्रिकेट संघ नेपालको व्यवस्थापनमा दुई दिने नेत्रहीन क्रिकेट विश्वकप छनौट प्रतियोगिता आइतबार काठमाडौँमा सम्पन्न भयो ।

पारा तथा विशेष खेलकुद अन्तर्गत असार २२ र २३ गते आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगिताको समापनका प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य विना श्रेष्ठले आगामी दिनमा पनि दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले खेल्दै आएको नेत्रहीन क्रिकेट खेललाई निरन्तरता दिनु पर्ने भन्दै खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नु भयो । साथै उहाँले खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान
सहित पुरस्कृत गर्नुभयो ।

त्यसै गरी नेत्रहीन क्रिकेट विश्वकप छनौट प्रतियोगिताका सदस्य रवीन्द्र गुप्ताले राष्ट्रिय खेलकुद परिदले अपाङ्गता भएका खेलाडीहरूका लागि विभिन्न खेल प्रतियोगिताको आयोजना गर्नु भएकोमा धन्यवाद दिनु भयो ।

नेत्रहीन क्रिकेट खेल प्रतियोगिता समापनका क्रममा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले आगामी नोभेम्बरमा पाकिस्तानमा हुने नेत्रहीन क्रिकेट विश्वकप प्रतियोगितामा सहभागीताका लागि अरुण अर्यालको संयोजकत्वमा ५ सदस्यीय छनौट समितिले यसै प्रतियोगिताका आधारमा नेत्रहीन क्रिकेट विश्वकप प्रतियोगिताका लागि १५ जना नेत्रहीन क्रिकेट खेलाडीहरूको छनौट गरिने बताउनु भयो ।

काठमाडौँको मुलपानीको क्रिकेट मैदानमा विभिन्न जिल्लाका ३९ जना नेत्रहीन क्रिकेट खेलाडीहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु