मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टीले नुवाकोट लगाएत देशका धेरै ठाउँमा सामूहिक धान रोपाइँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २७ गते, बिहीबार ०७:०४

जीवन तामाङ

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोट लगाएत देशका धेरै ठाउँमा सामूहिक धान रोपेका छन् ।

पार्टीको नवौ अधिबेशनबाट पारित नीति अनुरुप नेता कार्यकर्ता र जनता सहित श्रमसंग जोडिएको छ हाम्रो उत्पादन देशभर भईरहको छ । देशभर २ सय २० विगाहमा पार्टीको नेतृत्वमा धान रोपाइ भइरहेकोे छ ।

आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देशको नारा लिएर नेकपा उत्पादन कार्यमा लागिरहेको छ । राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा यसले सकारात्मक सन्देश पनि दिएको छ ।
राजनीतिक दलहरु भन्दा नेकपाले पृथक रुपमा राजनीति गर्दै आएको छ हिमालमा स्याउ, डोटीमा सुन्तला र पूर्बमा चिया खेती लगायत देशभर कृषि उत्पादन गर्दै आएको र बसेर खाने गफ चुटेर बस्नेहरुलाई पनि श्रमसंग जोड्न बाध्य बनाएको छ र चन्दा उठाएर खाने र काम गर्न डराउने जस्ता आरोप लगाउनेहरुका लागि जवाफ पनि दिएको छ ।
श्रम र उत्पादनको नीतिले पार्टी देशमा उदाहरणीय बनेको छ भने पार्टीले यसलाई बैज्ञानिक समाजबादको भुरुणका रुपमा लिएको छ दलाली र भ्रष्टाचारको अन्त्य गर्न पार्टी उत्पादनमा जुटेको र पार्टीले लिएको उत्पादनको नीतिले देशमा उत्पादन बढाएर पार्टीलाई आत्मनिर्भर बनाउने र देशलाई सम्मृद्ध बनाउने उद्देश्यकासाथ उत्पादनको क्षेत्रमा पार्टीले बढाउदै गएको छ । व्यवस्था आयातमुखि भएको र रेमिट्यान्सको भर पर्ने र सबै कुरामा परनिर्भर मात्र भएकाले नेकपाका नेता कार्यकर्ता स्थानीय जनताको सहभागिता सहित उत्पादनमा लागिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु