एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

नेपाली सेनाका १०१ किशोरी दीक्षित, सेना बलियो भए देश बलियो हन्छ ः सहायकरथी कार्की

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २७ गते, बिहीबार ०७:१६

रमेश गिरी
भक्तपुर, २६ असार । सूर्यविनायकस्थित नेपाली सेनाको श्री इन्द्र बक्स गणमा नौ महिनाको नेपाली सेनाको तालिम सम्पन्न गरेका सिसं ४ का १०१ जना किशोरी आज दीक्षित भएका छन् ।
आज गणमा आयोजित दिक्षान्त समारोहमा नेपाली सेनाको १ नम्बर बाहिणीका बाहिणीपति सहायकरथी धु्रबकुमार कार्कीले समारोहमा तालिम सम्पन्न गरेको सेनाका जवानको कवाज प्रर्दशन निरीक्षण गर्नुका साथै उत्कृष्ठ सेनाका जवानहरुलाई पुरस्कार एवं प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।
नेपाली सेना बलियो भए देश बलियो हुने बताउदै उहाँले भन्नुभयो, “राष्ट्रको मेरुदण्ड नेपाली सेना हो, सेनाको मेरुदण्ड सिपाही हो । सिपाही बलियो भए सेना बलियो हुन्छ, सेना बलियो भए देश बलियो हुन्छ ।”
नेपाली सेनाको तालिम पुरा गरेर आजबाट पूर्ण रुपमा राष्ट्रको सेवामा लाग्न अग्रसर नेपाली सेना राष्ट्र, जनता र संस्थाप्रति ईमान्दार कर्मठ भएर कार्य र्ग निर्देशन दिदै उहाँले आफ्नो काँधमा आएको जिम्मेवारी पुरा गर्ने क्रममा देशले माग्दा ज्यानको समेत आहुती दिन सक्ने संकल्प बोकेर अगाडि बढेको बताउनुभयो ।
भविश्यमा आउने सक्ने कुनै पनि चुनौतीको सामना गर्ने अठोट बोकेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उहाँले राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, भौगोलिकताको रक्षाको लागि नेपाली सेना सधै लाग्ने बताउनुभयो ।
समारोहमा तालिम अबधीभर प्रथम हुने रोजिना कार्कीलाई सहायकरथि धु्रबकुमार कार्कीले पुरस्कार स्वरुप खुकुरी र सम्मान पत्र प्रदान गर्नुभयो । त्यसैगरि तालिम अबधीभर दौडमा प्रथम हुने गीताकमाुर िखड्का, ड्रिलमा प्रथम हुने प्रतिक्षा भुजेल, फाइरिङ्मा प्रथम हुने इन्द्रकुमारी खड्का र पुष्पाकुमारी बुढा, सञ्चिता नेपालीलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
तालिममा श्री इन्द्र बक्स गणका गणपति एवं प्रमुख सेनानी मोहनकुमार थापाले सिंस ४ का १०१ जना किशोरीहरुले तालिम पुरा गरेर आज दीक्षित भएको बताउनुभयो । उहाँले अहिलेसम्म गणले सिं. १०१ देखि १०४ सम्म नेपाली सेनाको तालिम पुरा गरेर देशभक्त कर्मठ सेनाहरु तयार पारेको बताउदै नयाँ भर्ना भएका सेनालmाई पनि तालिम दिने तयारीमा रहशेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु