भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

राष्ट्र निर्माणमा युवाको भूमिका बिषयक सेमिनार शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २७ गते, बिहीबार १५:५६

काठमाडौ । तीन दिन सम्म चल्ने राष्ट्र निर्माणमा युवाहरुको भूमिका बिशेयक सेमिनार राजधानीमा आजबाट शुरु भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा तथा काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा भएको सेमिनारको उद्धाटन पूर्वमन्त्री एवम् संधिय सासद एकनाथ ढकालले गरेका छन ।
सेमिनार उद्घाटन पश्चात बोल्दै सासद ढकालले अहिले मुलकमा बाहिरी रुपान्तरण देखाएर नेपाली जनताको आखाँमा छारो हाल्ने काम भएको बताएका छन् । सांसद ढकालले सार्बजनिक सोचको बिकास गर्न सकेमात्र समाजको बिकास हुने भन्दै तीन दिन सम्म सिकेका कुरालाई थोरै भएपनि ब्यबहारमा उर्तान सहभागीहरुलाई आग्रह गरे ।
रुपान्तरणको लागि बाताबरणको आवश्यकता रहेको भन्दै अहिले देशको राजनीतिक , सास्कृतिक आर्थिक बाताबरण बन्न नसकेको भन्दै यस्ता सेमिनारहरुले त्यो बाताबरण तयार गर्न सहयोग गर्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले मुलुकमा सामाजिक सदभावको आवश्यता रहेको उल्ल्ेख अवका युवाहरुलाई सहि शिक्षा र बाटो दिन सके मुलुक परिर्वतन थोरै समयमा हुने बताए । कार्यक्रममा एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल, बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष प्रकाश बाबु थापा लागयतले बोलेका थिए । समिनारमा नेतृत्व बिकास, चरित्र निर्माण, ब्यत्तित्व बिकास स्थायी शान्तीको लागि पहलकदमी, दन्द्ध ब्यबस्थापन तथा आर्थिक बिकासका बारेमा प्रशिक्षण दिईने छ । राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्र्दभमा पनि सेमिनारमा छलफल हुनेछ । युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको हो ।
सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने छन् । युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् ।सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु