दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

दाना कपमा नेपालको ३ उमेरसमूह टोली सहभागी हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २९ गते, शनिबार १८:४१

काठमाडौं, असार २८ गते । दाना कपमा सहभागी हुन नेपाली फुटबल टोली शनिबार (साउन ५ गते) डेन्मार्क प्रस्थान गर्ने भएको छ । जुलाइ २२ देखि २८ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट ३ फरक उमेरसमूहको छात्र टोली सहभागी हुनेछ ।
यु–१२ उमेरसमूहमा कृशल लिम्बू, प्रविक तामाङ, सभ्यम अमात्य, बृमधा तामाङ, मिङमार गेलु शेर्पा, रिजन भुजेल, सन्चेस भुजेल र युनेश श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।
यु–१४ मा सिद्धार्थ देवकोटा, कश्यपराज थापा, शुभम् अमात्य, प्रजल बस्नेत, निक्सन केसी, शुलभध्वज जोशी र आदिप्त बस्नेतले खेल्ने छन् ।
यु–१६ मा गौरवबहादुर खड्का, गोरक्षजंग सुवेदी, आरुश पौडेल, अमर लिम्बू, युङड्रु वाङगेल गुरुङ, आलोक जिरेल, समिर गुरुङ, अमुल महर्जन, प्रतीक थापा, शुभम् थापा, सोहन बस्नेत, अध्ययन गुरुङ, अग्रिमजंग सिंह बस्नेत, ग्रेमन श्रेष्ठ, लिसन गुरुङ र जोसुअ बुढाथोकी सहभागी हुने छन् । यु–१२ र यु–१४ को प्रतिस्पर्धा भने सेभेन ए साइड स्वरुपमा हुनेछ ।
टिम व्यवस्थापकमा रमेश भुजेल र नारायण रोका, प्रशिक्षकमा अमिर विशुंखे, विनोद बुढाथोकी र आशिष कपाली रहेका छन् । प्रतियोगितामा ४५ भन्दा बढी राष्ट्रको सहभागिता रहने व्यवस्थापक रोकाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु