भेनस फुटसलको शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २९ गते, शनिबार १८:५५

काठमाडौं, बुढानीलकण्ठ-८, गणेशचोक ।

सन् १९३० को दशकमा उरुग्वे (Uruguay) मा भएको उत्पत्ति भएको फुटसल खेललाई जुआन कार्लोस सेरिअनी (Juan Carlos Ceriani) द्वारा मोन्टेभिडियो (Montevideo) मा विकसित गरिएको थियो । नेपालमा भने फुटसलको सुरुवात सन् २००० को दशकको अन्त्यतिर भएको मानिन्छ । नेपाल फुटसल संघ (Nepal Futsal Association, NFA) को स्थापना २०१७ मा भएको थियो ।

सानो मैदान, थोरै खेलाडी, द्रुत गति र उच्च कौशल आवश्यकताले गर्दा फुटसल एक रोमाञ्चक र चुनौतीपूर्ण खेल हो । फुटसलमा रणनीति र टिमवर्क महत्वपूर्ण हुन्छ। खेलाडीहरूले सँगै काम गर्नु, तत्काल निर्णय गर्नु र प्रतिद्वन्द्वीको चाललाई बुझ्न सक्नुपर्छ । सहरी युवाहरु माझ निकै नै लोकप्रिय रहेको यो खेल र मैदानलाई युवा, युवती, सिनियर सिटिजन लगायत विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सकोस भन्ने प्रमुख उद्देश्यका बुढानीलकण्ठ – ८, गणेश चोकमा “भेनस फुटसल एन्ड ट्रेनिङ सेन्टर” को शुभारम्भ भएको छ । नेसनल युनाइटेड स्कुलसंगै रहेको फुट्सल गणेश स्कुल चोक बाट २ मिनेटको दुरीमा अवस्थित छ l
पण्डितद्वारा विधिवत रूपमा विशेष पुजापाठ यही असार १३ गते शुभारम्भ गरिएको उदघाटन कार्यक्रममा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरु, विभिन्न स्कुल तथा कलेजका संस्थापक एवम् प्रिन्सिपलहरु साथै खेलकुदसंग सम्बन्धित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो l

खेलाडीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै अत्याधुनिक रबरलेस कृतिम ग्रासको प्रयोग गरी फुटसल मैदान निर्माण गरिएको व्यवस्थापक प्रकाश न्यौपानेले बताउनुभयो । शुभारम्भसंगै उद्घाटन खेल नेसनल युनाइटेड स्कुलबाट २०८० सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुकाबीच भएको थियो भने उक्त दिनभर विभिन्न क्लब तथा संस्था लगायतका ९ टिमका खेलाडीहरूले रातीको ९ बजेसम्म खेल खेलेका थिए ।प्रशासनका अनुसार फुट्सल प्रत्येक दिन बिहान ६ बजेदेखि रातको ९ बजेसम्म संचालन हुनेछ ।

शुभारम्भ कार्यक्रमको दिनमा नै काठमाडौं उपत्यकाका विभिन्न क्लब, स्कुल, कलेज तथा व्यावसायिक संस्थासंग वार्षिक रुपमा सम्झौता गरिएको थियो l फुट्सलले शुभारम्भको अवसरमा परिसरमा स्वास्थ्यकर फुडकोर्ट, विभिन्न पेय पदार्थ उपलब्ध हुने जनाएको छ । विद्यालय तहका विद्यार्थी हरूलाई मध्यनजर गर्दै निकट भविष्य मा नियमित तालिम संचालन हुने जनाएको फुट्सलले शुभारम्भको अवसरमा १ महिना सम्म बुकिंग गर्दा तोकिएको शुल्कमा २५% छुट, ५ घण्टा खेल खेले पश्चात १ घण्टा बोनस तथा प्रति टिम २ बोतल शुद्ध पिउने पानि उपलब्ध गराउने कुरा फुटसल प्रशासनले जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु