भरतपुर/चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको विशेष बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरी प्रथम मिष्टर चितवन प्रतियोगिता २०८१ लाई सफल पार्नको लागि विभिन्न समितिहरु समेत तयार गरेको छ ।
चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङ्गको अध्यक्षतामा सम्पन्न बैठकले समितिको सदस्य लक्ष्मी गुरुङ्गको राजिनामा पश्चात रिक्त रहेको कार्यसमिति सदस्य पदमा आनन्द गुरुङ्गलाई मनोनित गरेको छ ।
त्यस्तै बैठकले बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेशका केन्द्रीय सदस्य राकेशमान श्रेष्ठलाई आर्थिक संयोजकमा र उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टलाई मिडिया संयोजकको रुपमा सर्वसम्मत रुपमा चयन गरिएको छ । बैठकमा समितिका पदाधिकारी एवम् सदस्यहरुले मनोनित सदस्य र दुबै पदका संयोजक पदमा चयन हुनुभएका श्रेष्ठ र भट्टलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
बैठकले २०८१ असोज ११ र १२ गते आयोजना हुन गईरहेको प्रथम मिष्टर चितवन प्रतियोगिता २०८१ लाई मध्यनजर गर्दै तयार पारिएको प्रचार व्यानरलाई पूर्वी चितवनतर्फ उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, पश्चिम चितवनतर्फ अनिल कुमार श्रेष्ठलाई वितरण गर्नको लागि जिम्मेवारी दिईने निर्णय समय गरिएको थियो । त्यस्तै बैठकले प्रतियोगिताको लागि तयार गरिएको प्रपोजललाई सरोकारवाला निकायहरुमा पु¥याउनको लागि जिम्मेवारी दिईने निर्णय समेत गरियो ।
बिशेष बैठकमा समितिका अध्यक्ष प्रकाश गुरुङ्ग, उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, सचिव बीर बहादुर राना, कोषाध्यक्ष प्रविण कुमार सिंह, कार्यसमिति सदस्यहरु सुरज तामाङ्ग, एलिना सुनार, आनन्द गुरुङ्ग, आर्थिक संयोजक राकेशमान श्रेष्ठ, मिडिया संयोजक राजु भट्ट, संजय मगर लगायतको उपस्थिति रहेको थियो ।