नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ३१ गते, सोमबार १२:५७

काठमाडौं,३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु