
काठमाडौ, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गर्दै त्यसका लागि ३ सय दिनको समय सीमा तोकिएको छ ।
उक्त रंगशालामा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइटलगायतका आवश्यक संरचनाहरु निर्माण गरिने बताइएको छ ।


