युरोप । जुलाई १४ तारिख नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम महाधिवेशन सम्पन्न भएको छ।
उक्त महाधिवेशनबाट युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेक्मी कार्यसमिति सदस्य पदमा चयन भएका छन्।
रेग्मी विगत ६/७ सालदेखि यस पत्रकारितामा आबद्ध रहेर काम गर्दै आइरहेका छन्। उक्त अधिवेशनबाट नयाँ कार्यसमितिहरुमा अध्यक्ष संजयभक्त कंडेल,वरिष्ठ उपाध्यक्ष सिदार्थविक्रम क्षेत्री,उपाध्यक्ष भरत प्रधान,उपाध्यक्ष सबिना श्रेष्ठ,उपाध्यक्ष बिकाश लम्साल, महासचिव प्रबल भट्टराई,उप – महासचिव प्रतिक लामिछाने,सचिव मिलन शर्मा,कोषाध्यक्ष सुजन पराजुली र सदस्यहरुमा कञ्चन प्रसाई,आशिष बस्नेत,विजय शर्मा,पुस्तक रेग्मी,रोहन बानिया,नवराज काफ्ले,हरिप्रसाद पाण्डे र चक्र गुरुङ्ग रहेका छन् ।
रेग्मी कर्मथलो पोर्चुगलमा बस्दै विगत दुई सालदेखि पोर्चुगल बसेर आफ्नो पत्रकारितालाई निरन्तर दिँदै अघि बढिरहेका छन्।
उनीले युरोपाटीलाई दिएको जानकारी अनुसार ,उनले आफ्नो पदको सही जिम्मेवारी पूर्वक काम गर्ने बताएका छन्। उनी नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौं महाधिवेशनबाट कार्यसमिति सदस्य पदमा चयन भएका थिए । उनले नेपालमा थुप्रै मिडियामा काम गरेता पनि अहिले खोजीमूलक पत्रकारितालाई अगाडि बढाउँदै अहिले उनले आफ्नै युरोपाटीमा सम्पादन गर्दै आइरहेका छन्।