मोही अभियानकर्ता सम्मानित “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १ गते, मंगलवार १३:५०

रैथाने कृषि सामग्री बिक्री गर्न सुरु गरिएको एक वर्ष पुगेको पावन अवसरमा काठमाडौँ दरबार मार्गको ओरियण्ट क्याफेमा संघीय सभामुख देवराज घिमिरेले मोही अभियानकर्ता नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाललाई प्रशंसापत्र प्रदान गरेका छन् ।

रैथाने हाट बजारमा विगत एक वर्ष अगाडिदेखि नेपाल डेरी एसोसिएसनले परम्परागत रूपमा ठेकीमा मोही तुल्याई मेलामा उपस्थित सबैलाई हरेक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म निःशुल्क मोही सेवन गराउने गरेको छ। यो अभियान दुई वर्षसम्म यसरी नै चल्ने कुरा एसोसिएसनका उपाध्यक्ष दीप प्रसाद धमलाले बताए । यसरी मोही अभियान चलाई खुवाउँदा पछिल्लो समय देश व्यापी प्रचारप्रसार भएको छ । अहिले विवाह भोज भतेर र शुभ कार्यमा मोही राख्ने चलन बढेको कुरा एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरेले बताए ।

अहिले एक वर्षसम्म नेपाल डेरी एसोसिएसनले यो अभियान स्कुल-स्कुलमा र अन्य विभिन्न सामजिक कर्यहरु भएका ठाउँमा मही सेवन गराउने कार्य गरेको छ । यसले सबैतिर महीको चर्चा परिचर्चा हुने गरेको छ ।अहिले लगभग देशभर घाम लागेको र ताक्रम वृद्धि भएको दिन झण्डै २ लाख पचास हजार मही खपत हुने गरेको कुरा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु