दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खेलकुद मन्त्री आलेद्वारा केन्द्रीय डोजोको निरीक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १ गते, मंगलवार १९:१६

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को केन्द्रीय डोजोको मंगलबार निरीक्षण गरेकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा रहेको केन्द्रीय डोजोको निरीक्षण गरेकी हुन् ।
सो अवसरमा मन्त्री मगरले खेलकुद क्षेत्र अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताउदै खेलकुदले कुनैपनि राष्ट्रको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्नुका साथै देशको अर्थतन्त्र माथि उकास्न पनि सहयोग पु¥याउने धारणा व्यक्त गरिन् । मन्त्री मगरले केन्द्रीय डोजोलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचनले क्योकुसिन करातेको इतिहास र उपलब्धी बारे प्रकाश पारेका थिए ।
सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धर, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो । खेलाडीले प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु