युवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ५ गते, शनिबार ०७:२९

त्रिशूली – नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको युवा संगठन नेपाल नुवाकोट जिल्ला समितिले वृक्षारोपण तथा किसानलाई निःशुल्क बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

संगठनको जिल्ला कमिटीको आयोजनामा शुक्रबार बिदुर नगरपालिका वार्ड न .१३ मा बाजागाजा सहित विभिन्न प्रजातिका फलफूल , कफि लगाएतका बिरुवा हरु रोपिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका जिल्ला सेक्रेटरी आर पि सी ले कफी फलफूल तथा बोट बिरुवा रोप्ने पार्टीको निति नै रहेकोेले निति तथा योजना रहेकोले जैविक बिविधताको संरक्षण गर्दै पर्याबरणिय सुन्दरताका लागि बृक्षारोपण गरिएकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रमको बिशेष अतिथि युवा संगठन नेपालका केन्द्रिय सचीवलय सदस्य जीवन सी ले बृक्षारोपण कार्य जनवायु परिवर्तनको बढ्दो जोखिमलाई कम गर्नका लागि हाम्रो जस्तो देशको श्रोत र साधानले भ्याउने कार्यक्रम रहेको भन्दैयुवाले गरेको रचनात्मक कार्यले सबैलाई सन्देश दिएको यसलाई समृद्धिसँग जोडेर लैजान जरुरी भएको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु