पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

कांग्रेस–एमाले गठबन्धन सरकार अन्तिम विकल्प हो, यो पूरै अवधि चल्छः वनमन्त्री ठकुरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ५ गते, शनिबार १७:२९

काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरुले सुझबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् । उनले सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस–एमाले गठबन्धन अन्तिम विकल्प रहेको पनि दाबी गरे ।
‘यो सरकारले पूर्ण रुपमा राजनीतिक स्थायित्व दिन्छ । बीचमा तलमाथि हुने प्रश्नै आउँदैन । यो अन्तिम विकल्प हो । धेरै विकल्पहरु प्रयोग भइसके । जनता सरकार फेरबदलको खेलले आजित भइसकेको अवस्था छ । त्यसकारणले आम जनताको चाहना र भावना दुई दल मिलेर राजनीतिक स्थायित्व दिनुपर्छ भन्ने थियो । दुई दलका शीर्ष नेतृत्वले यो कुरा महशुस गरेर सहमति गरेको हुनाले यो सरकार पूरा अवधि अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौं,’–उनले भने ।
साथै, कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता नरहेको उनले स्पष्ट पारे । मन्त्री ठकुरीले सरकार तानाशाही बन्नुपर्ने कुनै कारण नरहेको बताए । सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
‘सरकार तानाशाही बन्नुपर्ने कुनै कारण नै छैन । दुईवटा पार्टीको विशेष पहलबाट लोकतन्त्र आएको छ, गणतन्त्र आएको छ । बरू यो सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर जनताको समस्या समाधान गर्ने मुख्य उद्देश्य हो,’– मन्त्री ठकुरीले भने ।
वर्तमान सरकार विशिष्ट परिस्थितिमा निर्माण भएको बताउँदै उनले सुशासन, राजनीतिक स्थायित्व र विकास दिएर देशलाई अग्रगतिमा लैजाने दाबी गरे । माओवादी, कांग्रेस, एमालेलगायतका दलहरुले लोकतन्त्र प्राप्तिका लागि ठूलो योगदान गरेको स्मरण गराउँदै मन्त्री ठकुरीले पछिल्लो समयमा ३÷३ महिनामा सरकार परिवर्तन भइरहँदा जनतामा निराशा बढेको बताए । उनले सरकार अस्थिर हुँदा व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको बताए ।
साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइको हाराहारीमा विश्वासको मत पाउने उनको दाबी छ । प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेसँगै देशलाई अगाडि बढाउने गरी बृहत कार्यक्रम आउने पनि जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु