काठमाडौं । साउन – ५, देश ब्यापी मोही अभियान शुरु गर्दै प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएकोमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल सम्मानित भएका छन्। एन. प्याब्सन अन्तरगत स्कुल एलायन्स फर एकेडेमी ट्रान्स्फर्मेसन (स्याट)द्वारा आयोजीत एसईई सम्मान – २०८०, कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा एसोसिएसनलाई सम्मान गरिएको हो ।
सम्मानले दूध तथा दुग्ध पदार्थ एवं मोहीको प्रवर्द्धनमा थप सक्रियताका साथ काम गर्न अझ बढी प्रोत्साहन मिलेको कुरा एसोसिएसनका अध्यक्ष दाहालले बताए । कार्यक्रममा उपस्थित करिब १५० जना सहभागीलाई एसोसिएसनले मोही उपलब्ध गराएको थियो ।
‘पछिल्लो समय देशभर मोहीको प्रवर्द्धन अत्यन्तै बढेको छ,’ एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले भने, ‘मोही प्रवर्द्धन अभियानपछि झण्डै एक दर्जन डेरी उद्योगले मोहीलाई ब्राण्डिङ गरेर बजारमा ल्याएका छन् । हरेक ठाउँमा मोही राख्न्न थालिएको छ ।’ पछिल्लो समय सिंहदरबारका हरेक क्यान्टिनदेखि गाउँ गाउँसम्म मोहीका माग बढेको कुरा केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमलाले उनले बताए। अहिले जताततै विवाह, भोज, भत्तेर, शुभ कार्यमा अन्य पेय पदार्थसँगै राख्न थालिएको कुरा महासचिव हेमचन्द्र खनालले बताए ।