पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

काभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ६ गते, आईतवार २०:०५

काठमाडौं, साउन ६ गते । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने भएको छ ।
लिगको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाईनलमा किर्गिस्तान प्रतिद्वन्दी पाएको हो ।
लिगमा अपराजित श्रीलंका ३ खेल जित्दै ८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । दुई जित र एक हारबाट ५ अंक जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल ३ अंकसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो ।
लिगमा पहिलो श्रीलंका र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाईनल हुनेछ भने दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाईनल हुनेछ ।
दुवै समिफाईनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाईनल स्थानिय समय अनुसार ४ बजे हुनेछ ।
यस्तै नेपाल र कीर्गिस्तानबीचको दोस्रो सेमिफाईनल खेल राती स्थानिय समय ८ः३० तथा नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ ।
नेपाल लिग चरणमा कीर्गिस्तान विरुद्ध सोझो सेटमा पराजित भएको थियो । सेमिफाईनलमा नेपाल सामु त्यो हारको बदला लिने अवसर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु